नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तत्कालिन अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमप्रति बुद्धिजीवी पेसाकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
पेसाकर्मीहरूले आज सयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै भनेका छन्, “राजनीतिक अस्थिरताको पूर्ण अन्त्य एवं समाजवादका आधार निर्माण गर्नेउद्धेश्य सहित भएको पार्टी एकता, भ्रष्टाचार नियन्त्रण सहित सुशासनको स्थापना गर्ने दृढता तथा शुसासनका माध्यमबाट सर्बसाधारण नागरिकलाई प्रत्यक्ष राहतको अनुभुति दिलाउने आफनै प्रतिवद्धता विपरीत स्वेच्छाचारी ढंगबाट अलोकतान्त्रिक, पश्चगामी तथा गैह्र संबैधानिक कार्यभएको ठहर रहेको छ ।
बिज्ञप्तिमा भनिएको छ, ” नेपाली जनताको ठूलो त्याग र बलिदानीपूर्ण संघर्षको माध्यमबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै समाजवादी बाटोमा दृढ रहन, संयन्त्र बिथोलिन नदिन, बर्तमान संबैधानीक ब्यबस्थाबारे सुसुचित गराउदै सबैखाले पश्चगामी अफवाहहरुको प्रतिरोध गर्न तथा परिवर्तनकारीहरुको एकतालाई सुदृढ गराउने वातावरणका लागि थप सक्रियता बढाउन समस्त बुद्धिजीवी तथा पेसाकर्मी समुदायमा हार्दिक अनुरोध गर्दछौं ।
बिज्ञप्तिमा नेपाल बुद्धिजीवी संगठनका संयोजक, डा. दिनेश चन्द्र देवकोटा, अध्यक्ष, पेसागत महासब्घ नेपालका विश्वनाथ प्याकुरेल, नेपाल बुद्धिजीवी संगठनकै सह संयोजक, कृष्णराज के.सी. र सल्लाहकार समिति राष्ट्रिय कर्मचारी महासब्घ नेपालका मोहनमान स्वांरको हस्ताक्षर रहेको छ ।
प्रतिक्रिया