Logo

अर्थ

नवदुर्गा गाउँपालिकामा प्रभु बैंकको नयाँ शाखाकार्यालये विस्तार



संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा आप्नाे शाखाकार्यालय सञ्चालनमाल्याई बैंकको शाखा सञ्जालविस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ्गपहुँच पुर्याउने क्रममा प्रभु बैंक लि.ले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ माआजदेखि बैंकको नवदुर्गा शाखाकार्यालय सञ्चालनमाआएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहकाविच बैंकको नवदुर्गा शाखाकार्यालय उद्घाटन भएको हो ।

शाखाकार्यालय उद्घाटन कार्यक्रममाडडेलधुरा जिल्लास्थितविभिन्नसरकारी कार्यालयकाप्रतिनिधिहरु, विभिन्न राजनैतीकदलकाप्रतिनिधीहरु,उद्योग वाणिज्य संंघडडेलधुराकापदाधिकारीहरु, विभिन्न संघ संस्थाकाप्रतिनिधिहरु,स्थानीयव्यापारी, बुद्धिजिवी लगायतठूलो संख्यामासर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाप्रमुख अतिथी नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमापुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमाखुशी प्रकट गर्दै यस नवदुर्गा शाखाकार्यालयबाट यस क्षेत्रकासरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवाउपलब्धभएको बताए ।

आजदेखि सञ्चालनमाआएको बैंकको नवदुर्गा शाखाकार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : माघ २७, २०७५ आईतबार  ११ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।