Logo

समाचार

भोटेकोशीमा तत्काल ठुलो बाढीको जोखिम छैन



काठमाडौँ । नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई भोटेकोशी नदीमा ठूलो बाढी आउन सक्ने भन्दै विभिन्न माध्यमबाट सूचना तथा जानकारी माग्ने क्रम बढेपछि तत्काल ठूलो बाढीको सम्भावना नरहेको सम्बन्धित निकायले स्पष्ट पारेको छ।

चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाको निरन्तर अनुगमन भइरहेको जनाइएको छ। हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल भोटेकोशीमा ठूलो बाढी आउन सक्ने अवस्था नदेखिएको अधिकारीहरूले बताएका छन्।

सम्बन्धित निकायले पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन र संयमित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

बाढीको सम्भावना देखिएमा सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाइने जनाइएको छ। थप सूचना वा जानकारी आवश्यक परेमा टोल–फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार २१:०७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।