Logo

प्रमुख समाचार

ओली प्रचण्ड मारामार



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र टकरावको स्थिति देखिएको छ । सोहि कारणले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मारामार सुरु भएको छ । ओली प्रचण्ड विवाद गत जेठ ३ गते पार्टी एकता पछि बन्द भएको थियो । अहिले फेरी दुई जननाबीच आलोचानसुरु भएको छ । पार्टि एस्कता अन्तिमा चरणमा रहेको हल्ला गरिरहेको बेलामा फेरी दुई अध्यक्षबीचको टकरावले पछाडि धकेलिएको छ ।

उनीहरुबीचको समस्याले पार्टि पूर्ण रुपले अहिलेसम्म एकता हुन सकेको छैन् । यसको प्रमुख कारणनै दुई अध्यक्ष नै भएको पाइन्छ । एकले अर्कालाई कसरी माइनस गर्न सकिन्छ भन्ने यति दाउ खोजी रहेका छन् । ्

फरक फरक पार्टिमा रहँदा जसरी उनीहरुले एक अर्काको विरोध गरिरहेका थिए । फेरी अहिले उहि तरिकाले विरोध सुरु भएको छ । उननीहरुले एक अर्कालाई सक्काउने दाउ खोजिरहेका छन् ।

यसको ज्वलन्त उदाहरण हुन उनीहरुबीचका पछिल्ला गतिविधिहरु नै हुन् । एकातिर पार्टी एकता हुन नसक्नु र अर्कातिर प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकार र पार्टीभित्र हालीमुहाली गर्न खोज्दा प्रचण्ड रन्थनिएका छन् ।
अध्यक्षका कारण यतिबेला नेकपामा उकुस मुकुस सुरु भएको छ । कसरी एक अर्कालाई सिद्धयाउने भन्ने प्रमुख लक्ष्य रहेको बाह्य गतिविपधीबाटै प्रस्ट रुपमा बुझ्न सकिन्छ ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ६ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।