Logo

समाचार

अनाथ बालबालिकको साथमा प्रेम दिवस



आज प्रेम दिवस । सबै युवायुवति तथा जोडिहरुले एक आपसमा प्रेम र उपहार साटासाट गरेर मनाउने दिन । तर केहि युवाहरुले भने फरक किसिमले मनाएका छन् । रिजन मडैको संयोजनमा युवायुवतिहरुले पे्रम दिवस मनाएका हुन ।

कार्यक्रम अन्तर्गत धापासिमा रहेको नेपाल तालबोट बाल केन्द्रमा रहेका २४ जना बालबालिकालाई केही खाद्यान्न तथा सैक्षिक सामग्री वितरण गरिएको हो । मायाको अभावमा बाचेका अनाथ बालबालिका सँगै बसेर थोरै मायाको अनुभुति दिलाउन आफुले सक्ने सहयोग गरेर दिवस मनाइएको अभियान्ता मडैले बताउनुभयो ।

पत्रकार तथा अभियान्ता सम्झना पौडेलले प्रेम साटन कुनै खास व्यक्ति हुनुपर्छ भन्ने मान्यतालाई तोड्दै आपसि सद ्भाव र मायामानै प्रेम सफल हुने बताउनुभयो ।अम्मर बिष्ट,नरेन्द्र बिष्ट,अजित शाह,शर्मिला श्रेष्ठ,प्रकाश सिह कार्की,जनक साउद र प्रभात सापकोटाले आर्थिक सहयोग गर्नुभएको थियो ।

जय बहादुर चन्दको प्रमुख आथित्यता रहेको सो कार्यक्रममा डाक्टर दिनेस रावलको विशिष्ठ आथित्यता रहेको थियो । त्यस्तै अथितिहरु अजित शाह , नरेन्द्र विष्ट लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ९ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।