Logo

राजनीति

घुस लिँदालिँदै अख्तियारको फन्दामा जिल्ला अधिकृत



जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासन कार्यालयका प्रशासकिय अधिकृत घुस लिँदा लिदै पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका हो ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठ रहेका छन् । उनलाई अख्तियारले नगद रु, २५ हजार घुस लिँदै गर्दा पक्रपाउ गरेको हो । श्रेष्ठलाई प्रशासन अगाडिको होटल स्वीट होमको शौचालयमा रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राऊ गरेको अख्तियारले जानकारी दिएको छ ।

जग्गा किनबेचको क्रममा बैना गरेको रु. ३ लाख ५० हजार फिर्ता गर्न माग गर्दै प्रशासन कार्यालयमा दिएको उजुरी उपर कारबाही गर्नेक्रममा रकम फिर्ता गर्न २५ हजार रुपौँया घुस लिँदै गर्दा अख्तियारको टोलीले श्रेष्ठलाई पक्राऊ गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ११ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।