नेपालमा गणतन्त्र पछि कम्युनिष्ट शासन चलेको छ । विभिन्न समयमा सरकार परिवर्तन गरिएको भएपनि आज सम्म सबै सरकारमा कम्युनिष्टहरु समावेश थिए ।
नेपालमा गणतन्त्रपछि पहिलो प्रधानमन्त्री पनि तत्कालिन नेकपा माओबादिबाट पुष्पकमल दाहाल प्रचण्ड बनेका थिए । उनी २०६५ सालको पहिलो कार्यकालदेखि आजको दिनसम्म आईपुग्दासम्म थुप्रै पटक सकारमा पुगे । आफुलाई नेपाली राजनितीको किंग दाबि गर्ने दाहालले नेपाली राजनितीमा छेपारो झै रङ्ग फेर्ने गरेका छन् ।
उनी सत्ता स्वार्थकोलागि जुनसुकै पार्टिसंगपनि लाग्न तयार रहेको पाईन्छ । नेकपा नेतााहरुले हाल सम्म २३ सय ६८ दिन शासन सत्ता सम्हालेका छन् । यसमा अहिले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई समेत तत्कालीन एनेकपा माओवादीको तर्फबाट प्रधानमन्त्री भएका दिनहरुलाई समाबेश गरिएका छन्
बाबुरामले २९ सय ३१ दिन कम्युनिष्ट नेताहरुले शासन सत्ता सम्हालेका छन् । चुनावी मन्त्रिपरिषद्को नामबाट तत्कालीन प्रधानन्यायाधीस खिलराज रेग्मी नेतृत्वको ३३४ दिनलाई पनि गैर कम्युनिष्ट सरकारको रुपमा मान्ने हो भने जम्मा ११ सय ९५ दिन मात्रै गैर कम्युनिष्टहरुले शासन गरेको देखिन्छ । अहिलेसम्मको यो कूल ४१ सय २६ दिनको कार्यकालमा कम्युनिष्टहरुले २९ सय ३१ दिन शासन गरेका छन् । यो शासन सत्ताको ७१ प्रतिशत हुन आउँछ ।
केही दिन अघि नेकपाका नेता जनार्दन शर्माले काँग्रेसले स्थापित गरेको भ्रष्टाचारको जालो तोड्दै कम्युनिष्ट सरकारको एक वर्ष पूरा भएको दाबी गरे । तर, उनले यो भनिरहँदा भ्रष्टाचारको जालो तोड्नको लागि कम्युनिष्ट सरकारले यो ७० प्रतिशत समय अर्थात् २९ सय ३१ दिन के हेरेर बस्यो ? यो पनि प्रश्न चिह्न खडा भएको छ ।
आफ्नो बनावटी कुराहरुलाई जनताबाझ छरेर जनतलाई भ्रममा पारेर शासन गर्नै नीति भएका कम्युनिष्ट सरकारहरु सधैं अरुलाई दोषी र आफू चोखा बन्ने प्रयासमा लाग्छन् । र धेरै प्रचार हुने कुरामा भने अघि सरेर पानी माथिको ओभानो बन्ने प्रयासमा लाग्छन् भन्ने तथ्य सरकारको पछिल्ला केही घटना क्रमले समेत सार्वजनिक गरिसकेको छ ।
पछिल्ला केही दिनदेखि चर्चामा रहेको अख्तियारका आयुक्त रामनारायण पाठकको भ्रष्टाचार सम्बन्धी भिडियो प्रकरणमा समेत नेकपा पानी माथिको ओभानो बन्ने प्रयासमा लाग्यो । समाचारका अनुसार ४ महिना अघि नै बालुवाटारमा सार्वजनिक भईसकेको सो भिडियोप्रति मुकदर्शक बनेका ओली लगायतका नेकपा नेताहरु मिडियामा समाचार आएपछि भने एक दिने अल्टिमेटम दिएर नत्र महाभियोग दर्ता गराउन तयार भए ।
यो ४ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म भ्रष्टाचारीको मुखै नहेर्नेदेखि भ्रष्टाचारी विरुद्ध अनेकानेक अभिव्यक्ति दिँदै हिँडे । तर, उनको यो भिडियो प्रकरणले धेरै हदसम्म उनको अभिव्यक्तिलाई उदांगो बनाईदिएको छ । बहालवाला संवैधानिक आयोगका आयुक्तलाई अन्य कारबाही गर्न नसकेपनि पार्टीको संसदीय दलका नेताको हैसियतमा ओलीले महाभियोगको प्रस्ताव दर्ता गराउन सक्दथे । तर, सकेसम्म गुपचुप राखेर मिडियामा समाचार आएपछि मात्रै महाभियोगको नाटक गर्नुले पनि उनको त्यो अभिव्यक्ति जनताको वाहवाही कमाउनको लागि मात्रै हो भन्ने पुष्टि गरेको छ ।
कम्युनिष्ट नेताहरु कसको शासन कति ?
१) पुष्पकमल दाहालको पहिलो कार्यकाल २८० दिन
२) माधवकुमार नेपाल ६२२ दिन
३ ) झलनाथ खनाल २०४ दिन
४ ) केपी शर्मा ओलीको पहिलो कार्यकाल २९८ दिन
५ ) पुष्पकमल दाहालको दोस्रो कार्यकाल ३०० दिन
६ ) केपी शर्मा ओलीको दोस्रो कार्यकाल ३६६ दिन
कूल २३६८ दिन
७ ) नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई ५६३ दिन
कूल २९३१ दिन
प्रतिक्रिया