प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रतिपक्षमा बसेको एक वर्षा भन्दा बढि भएको छ । प्रतिपक्षले सांसदमा आफ्नो प्रस्तुति भने हिउँदे अधिबेशनपछि मात्र सुरु गरेको छ ।
सुरुवातमा ठुलो हार बेहोरेको समिक्षामै अधि दिन विताएको कांग्रेस अहिले भने सरकारका हरेक गतिविधीहरुलाई नियालिरहेको छ । सुरुवातमा सत्तापक्षले नेपालमा प्रतिपक्ष नै छैन् भनि प्रतिपक्षलाई जिस्क्याई रहँदा समेत मौन बसिरहेको प्रतिपक्ष अहिले भने कडा रुपमा प्रस्तुत हुन थालेको छ ।
कांग्रेस निकट सांसदहरुले अहिले संसदबैठकको माहोल नै फेरिदिएका हुन्छन् । संसदमा सधै कडा रुपमा प्रस्तुत हुने पुर्व स्वास्थ्यमन्त्री एबं कांग्रेस नेता गगन थापाले एक फटक संसदिमै नेपाली कांग्रेसले सरकारका काममा बाधा गर्न चाहाँदा प्रतिपक्षलाई कमजोर देख्यो सरकारले भन्दै सांसदहल नै थर्कमान बनाए ।
लगत्तै नेपाली कांग्रेसले देशब्यापी रुपमा सत्तापक्षले गरेका नराम्रा कामहरुबारे बिरोध गर्न थालेपछि अहिले कांग्रेसप्रति नेपाली जनताको जनविस्वास बढ्दै गईरहेको छ । पछिल्लो समय सत्तापक्षको लागि कडारुपमा प्रस्तुति दिने नेपाली कांग्रेसका नेता गगन थापाको क्रेज पार्टि बाहिर मात्र नभएर जनताहरुमा बढ्दै गएको छ ।
अहिले नेता थापा एक सेलिब्रेटि भन्दापनि चर्चामा आउने गरेका छन् । कांग्रेस नेता थापाले आाफ्नो बर्चस्व दैनिक रुपमा बढाईरहेका छन् । आान्तरिक द्न्दकै कारण पार्टिको सुरुको दिनदेखी आज सम्म आफ्ना एजेण्डाहरुलाई समेत जनता सामु निस्पक्ष ढंगले ल्याउन नसकेको कांग्रेसको भावि नेतृत्वको रुपमा अहिले गगन थापालाई नै हेर्ने गरिन्छ ।
पछिल्लो पिँडिले गगन थापालाई भावि सभापतिको रुपमा हेर्न चाहेका छन् ।
साथै नेता थापाले पनि आफुले नेपाली कांग्रेसको नेतृत्व सक्ने गोर्खाको एक कार्यक्रममा बताएका छन् ।
संसदमा कांग्रेसका अर्का नेता मिनेन्द्र रिजालको समेत चर्चा हुने गरेको छ । रिजालले संसदमा सत्तापक्ष विरुद्ध कडा रुपमा प्रस्तुति दिदै जनताका मागहरुमा अडान राख्ने भएकै कारण उनको चर्चा अहिले बढ्दै गएको हो ।
प्रतिक्रिया