Logo

प्रमुख समाचार

पशुपति शर्माको गीत मैले राखेको छु, मलाई थुन कम्युनिस्ट सरकार भन्दै तरुण दलका महासचिव भुपेन्द्रजंग शाही यसरी गर्जिय



सरकारले युट्युबबाट पशुपति शर्माको गीत हटाएपछि नेपाली कांग्रेसले यसलाई आफ्नो एजेण्डा बनाएर शर्मालाई न्याय दिलाउन लागिपरेको छ । सोहि क्रममा विरोध स्वरुप राणाले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतलाई प्रतिबन्द लगाएर आफ्नो अधिनायकवाद चरित्र देखाएको भन्दै गर्जियका छन् ।

‘गीत संगीत र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक साबित भएको छ’, फेसबुकमा स्टाटस लेखेर महासचिव शाहीले भनेका छन्, ‘साँच्चिकै यो ओली सरकार लुटेरा प्रमाणित भएको छ । लुट ओली लुट ।’

उनले पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ चर्चित गीतलाई आफूले आफ्नै च्यानलबाट सार्बजनिक गरेको बताएका छन् । शाहीले ओलीलाई सरकारलाई चुनौती दिँदै भनेका छन्, ‘ओली सरकारले सक्छ भने पशुपति शर्मको गीतलाई मेरो आफ्नै युट्युब च्यानलमा राखेको छु । मलाई पक्राउ गरेर देखाउ ।’

उनले कम्युनिस्ट सरकारले जनताको बोल्न पाउने नैसर्गिक अधिकार खोसेर ओली सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको बताएका छन् ।

नेपाल तरुण दलका महासचिव शाहीले गायक शर्मालाई गीत गाएको र निकालेकै भरमा दुःख दिने, थुन्ने लगायतका कार्य भयो भने कम्युनिस्ट सरकारविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार  ७ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।