Logo

राजनीति

बल्ल खोल्यो कांग्रेसले सरकारको पोल, यस्ता छन् कजोरी



प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले गरेका गल्तिहरु किटानी गरेको छ । जसका कारण सरकारले जनविश्वास गुमाउदै गएको कांग्रेसको आरोप छ । नेकपा नेतृत्वको सरकारले आफ्नै कमजोरीका कारण जनविश्वास गुमाएको कांग्रेसको ठहर छ ।

कांग्रेसका अनुसार आर्थिक र मुलुकको समग्र समृद्धि तर्फ विशिष्ठ श्रेणी पाउने विश्वास गरिएको भएपनि सरकारले विश्वासलाई विर्सजित गर्नमा मात्र सिमित भएको छ ।

आईतबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा सरकारले समृद्धिको लागि बालुवाको जग हालेको आरोप समेत लगाए । प्रधानमन्त्रीले भनेको हजारौं माईलको यात्रा पनि एउटा पाईलाबाट नै सुरु हुन्छ भनेकोप्रति टिप्पणी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको १२ महिनाको १२ पाईला नै लरखराएको भन्दै हजार माईलको यात्राको सम्भावना नै कम देखिएको आरोप समेत लगाए ।

उनले अहिले समृद्धिको जग हाल्दैमा छानो खोजिएको भन्दै दिएको अभिव्यक्ति प्रति उनले सरकारले समृद्धिको जग नै बालुवाको रहेकोले पनि प्रतिपक्षी दलले सरकारलाई झक्झक्याउँदै आएको शर्माको भनाई छ ।

(१) मधेश मुद्दामा संविधान संशोधनको विश्वास खण्डीत
संविधान संशोधनको प्रस्ताव नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाउँदा त्यसलाई राष्ट्रघातको संज्ञा दिनु हुने केपी ओलीले प्रधानमन्त्री बन्नु भएपछि संशोधन आवश्यक छ भन्नुभयो, संशोधन गर्ने सहमति र विश्वास दिलाएर एक मधेशी केन्द्रीत दललाई सरकारमा ल्याउनु भयो । तर आफ्नो नेतृत्वको सरकार एक वर्ष पुगिसक्दा यसबारे कुनै प्रक्रिया अघि बढाइएको छैन ।

मधेश विद्रोहमा युवाले बगाएको रगत कम्युनिष्ट सरकारको सामान्य वहुमतको शिरमा के दुई तिहाइको मेहन्दी लगाउनका लागि थियो ? तराई–मधेशका युवाले उठाइरहेका यी प्रश्नको जवाफ न प्रधानमन्त्रीले दिइरहनु भएको छ न सत्तासीन मधेश केन्द्रीत दलका नेताले ।

(२) डा. केसीसंगको सम्झौतामा तोडिएको विश्वास ः
गत श्रावण महिनामा प्रधानमन्त्री स्वयंकै अग्रसरतामा डा. गोविन्द केसीसंग सरकारले गरेको सम्झौता माघ महिनामा आइपुग्दा स्वयं प्रधानमन्त्रीकै अग्रसरतामा सरकारले उल्लघंन ग¥र्यो ।

सारा दुनियालाई साक्षी राखेर गरिएको सम्झौता केवल सम्झौता मात्रै थिएन । त्यो नेपाल देशका प्रधानमन्त्रीको उच्च ओहोदाको गरिमा र विश्वासको दस्तावेज पनि थियो । तर विश्वास शब्दलाई नै लज्जीत तुल्याउने गरी विश्वासको त्यो उचाई गल्र्याम्म ढल्यो ।

(३) निर्मलालाई न्याय स् कुण्ठीत भएको विश्वास
वितेको वर्ष सरकारप्रतिको विश्वासको भावनामा सबैभन्दा बढी कालो पोतिएको सन्दर्भ हो कञ्चनपुर घटना । १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीहरुलाई कठघरामा ल्याइएन मात्रै होइन राज्य संयन्त्रको दुरुपयोग र वदनामी गरेर दोषीलाई जोगाउन सम्पूर्ण प्रयत्न गरियो ।

निर्दोष केही युवालाई यातना दिएर, जर्वजस्त सावीति बयान गराएर, नक्कली अपराधी खडा गर्ने तर्फ लाग्ने कर्म भन्दा ठूलो न्यायप्रतिको विश्वासको हत्या अर्को के हुन सक्दछ ?

(४) बुढी गण्डकीमा विश्वासघात र राष्ट्रघात
नेपालीको आफ्नै लगानीमा निर्माण गर्ने गरी डिजेल र पेट्रोलमा प्रति लिटर ५ रुपैंयाका दरले अर्बौ रकम बुढी गण्डकी परियोजनाका लागि संकलन भइरहेको थियो ।

तर त्यो परियोजना एकाएक आकस्मिक ढंगले एक विदेशी कम्पनीलाई सुम्पिइयो । न कुनै गहिरो अध्ययन न कुनै गम्भीर छलफल, न कुनै प्रतिश्पर्धा ।

नेपालको समृद्धि नेपालीकै लगानीबाट’ भनेर बृहत्तर ढंगले प्रेरित र परिचालित गर्न सकिने गरी ठूलो आकारको नमुना बन्ने सम्भावना विकसित भएको बुढी गण्डकी परियोजना त्यसरी सुम्पनु वितेको वर्षमा वर्तमान सरकारबाट सम्पादित सबै भन्दा ठूलो विश्वासघात त हो नै यो गम्भीर राष्ट्रघात समेत हो ।

(५) कांग्रेसको कर्ममा श्रेयको दावी
योगदानमा आधारित सामाजिक सुरक्षा कोष निर्माणको ऐन ९ साउन ०७४ मा संसदमा पेश भएको, संसदबाट पास भई २९ साउनमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको र सो ऐनमा उल्लेखित ‘प्रमाणीकरणको मितिले ९१ दिनमा लागु हुने’ प्रावधान बमोजिम मंसीर १, ०७४ मा लागु भएको थियो । यी सबै मितिहरु प्रष्ट ढंगले प्रस्ट्याउछन् नेपाली श्रमिकको हितमा यो ऐतिहासिक उपलव्धी नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सम्पादन गरेको कर्म थियो ।

तर मंसीर ११ गते वर्तमान सरकारले तामझामका साथ भड्कीलो ढंगले प्रचार गरेर ‘कम्युनिष्टको कार्यक्रम कम्युनिष्टकै पालामा’ भएको भ्रम छर्ने प्रयत्न ग¥र्यो ।

श्रेय लिने असफल होड होइन व्यवस्थापकीय कुशलतामा मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सफलता सन्नीहित छ भन्ने हेक्का नराख्नु सरकारको गल्ती थियो ।

प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार  ४ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।