Logo

प्रमुख समाचार

‘संवृद्ध नेपाली र सुखी नेपाल’ सरकारको झूठो नारा : नेता निधि



नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एबम पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले ‘संवृद्ध नेपाली र सुखी नेपाल’को नारा जनताको आँखामा छारो हाल्न बनाएको बताएको छ । आईतबार जनकपुरमा आयोजित एक कार्यक्रममा प्रमुख आतिथिको आशनबाट बोल्दै नेता निधिले यस्तो बताएका हुन् ।

राजर्षि जनक सभा कक्षमा आयोजित कार्यक्रममा बोल्दै नेता विमलेन्द्र नीधिले भने वर्तमान सरकार देशमा धनजनको सुरक्षा गर्न असफल रहेका बताए । ‘संघीय सरकार प्रदेश सरकारसँग बेइमानी गर्दै छ र प्रदेश नम्बर दुईको मधेस सरकार मधेससँग र मधेसीसँग बेइमानी गर्दैछ’, नेता निधिको तर्क दिए ।

‘प्रदेशमा आफ्नो प्रहरी छैन र कर्मचारी छैन तर संघीय सरकार त्यस विषयमा बिल्कुलै गंभीर न रहेको’ नेता नीधिले भने । नेता नीधिले भने ‘यो सरकार विदेश नीतिमा समेत फेल भयो भारत र चीन दुबैसँग सम्बन्ध विगार्‍यो।

नेपाली कांग्रेसका नेता तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवले भने प्रदेश नम्बर दुईका सरकार भ्रष्टाचारमा लिप्त भएको र प्रदेश सरकार सयौं सहिदको बलिदानीलाई बदनाम गर्दै भ्रष्टाचारमा लिप्त रहेको तर्क राखे का छन । प्रदेश मन्त्रीहरुले ५ लाख रुपैयाँ कमिसनका लागि सचिव कुट्न थालेको घटनाले सरकारको निर्लज्जता सावित भइसकेको पुर्ब मन्त्री यादवले बताए ।

प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार  ४ : २७ बजे