Logo

समाचार

न्यायिक समितिमा जग्गा विवाद, उजुरीको ओइरो



सरकारले स्थानिय तहलाई न्यायिक समितीको जिम्मेवारी दिएपछि जग्गा विवादका उजुरीको ओईरो लागेको छ । काठमाडौं महानगरपालिका अन्तर्गत पर्ने टोखा नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढेको हो ।

समिति गठन भएयता ४३ उजुरी दर्ता भएका छन् । न्यायिक समितीले त्यसमध्येका २१ उजुरी जग्गा विवादका रहेको जानकारी दिएको छ । जग्गा विवादका उजुरी मध्यमा अधिकांश उजुरी साँध सिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलन गरिएको सम्बन्धी छन् ।

समितीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २९ वटा उजरी दर्ता भएकामा १० वटा जग्गा विवाद, पारिवारिक विवादको पाँच, सम्बन्धविच्छेदको चार, घर निर्माणको विवाद दुई र ठगी, लेनदेनको दुई उजुरी दर्ता भएका छन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ६ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।