Logo

राजनीति

सांसदमा पुग्यो ‘लुट्न सके लुट् कान्छा…’को चर्चा, गाएका पशुपतिलाई २५ हजार पुरस्कार दिने कांग्रेस सांसदको घोषणा



विवादमा फसेको गाएको पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा…’को चर्चा सांसदमा सुरु भएको छ । प्रमुख प्रतिपक्षि दलले यो गितलाई साांसद सम्म पुर्याएका हुन् ।

सांसदमा बाोल्दै कांग्रेसका सांसद डा. अमरेश कुमार सिंहले उक्त गीतका गाएक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । उनले सोमबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै यस्तो बतााएका हुन् । सांसद सिंहले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्दै सरकारले उक्त गीत युट्बबाट हटाउन लगाएको भन्दै आपत्ति जनाएका छन् ।

उनले जनताको भावना, बुद्धिजीवीको भावनालाई सरकारले सम्मान गर्न सक्दैन भने जनताले पनि सरकारको सम्मान गर्न नसक्ने अमरेशको बुझाई थियो । उनले सरकार जनताप्रति उत्तरदायी रहेकोले जनताको भावना सरकारले बुझ्नुपर्ने धारणा समेत राखेका छन् ।

सरकारले बोल्नेको मुखमा ताला लगाउने र सुन्नेको कानमा मर्करी वा सिसा पगालेर राख्नुपर्ने सोचाई राखेको आरोप समेत लगाए । गत शुक्रबार गीत सार्वजनिक गरेका शर्माले शनिबार नै तीब्र दबाबका कारण युटुबबाट सो गीत हटाएका थिए ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ७ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।