Logo

राजनीति

पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’, सांसदमा दोहोरी



विभिन्न समयमा विवादास्पद बन्दै आएका लोकगायक पशुपति शर्माको नयाँ विवादास्पद गीत ‘लुट्न सक्छौँ लुट’ गीतले सांदमा समेत दोहोरी निम्त्याएको छ । प्रतिनिधिसभा सांसद सोमबारको बैठकमा उक्त गितलाई लिएर सत्तापक्षका सांसद र प्रतिपक्षका सांसदहरुबीच दोहोरी चलेको हो ।

सुरुवातमा कांग्रेस सांसद अमरेशकुमार सिंह र नेकपा सांसद झपट रावलबाट दोहोरीको समोद्धघाटन भएको हो । सोहि बेला शुन्य समयमा बोल्दै कांग्रेस सांसद अमरेशकुमार सिंहले सरकारले गीतलाई प्रतिबन्ध लगाएर जनभावनाविरोधी काम गरेको आरुोप लगाए । यस्तै सांसद सिंहले भने, ‘जनताको भावना बुद्धिजीवी र गायकको भावनालाई सम्मान गर्दैन भने यस्तो सरकारलाई जनताले पनि सम्मान गर्दैन।’

सिंहले दुई तिहाई सरकारविरुद्ध बोल्न नहुने भन्दै मुखमा ताला लगाएर हिँड्नुपर्ने अवस्था रहेको समेत लाल्चना लगाएका थिए । सरकारविरुद्ध बोल्दै सिंहले गायक शर्मालाई गीतलाई फागुन महिनाको तलबबाट आफुले २५ हजार पुरस्कार दिने घोषणा समेत गरे।

उनीलगत्तै बोलेका नेकपा सांसद झपट रावलले सिँहलाई ‘काउन्टर’ गरे। सुशील कोइराला नेतृत्वको सरकारको पालामा ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अज्ञानताका कारण यस्तो गीत गाएको उनको भनाई थियो।

‘सुशील कोइराला सरकार हुँदा मलाई अमेरिका यही, मलाई जापान पनि यही’ भन्ने गीत गाउने शर्माले अहिले ‘लुट्न सके लुट’ भन्ने गीत किन गाएरु’ रावलले भने, ‘कांग्रेस सांसदले २५ हजार पुरस्कार घोषणाले गीत किन गाइयो भन्ने देखिन्न र?’

सांसद रावलले व्यंग्य गर्दै सोही गीत सिंहले गाए आफ्नो एक महिनाको तलब ९५५ हजार २ सय ३० रुपैयाँ० दिने बताए। सामाजिक संजालमा गीतलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच विवाद चर्किएको थियो। सोमबार यो विषय संसदमा प्रवेश गरेको हो।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ९ : ५४ बजे