प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन तरुणदल नेपालका महासचिव भुपेन्द्रजंग शाहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग अघि सारेका छन् । प्रधानमन्त्री ओलीले देश विकाश गर्नुको साँटो देशमा भ्रष्टाचारीहरु जन्माईरहेको आरोप लगाएका छन् ।
सोमबार अनलाईनपानाका प्रधानसम्पादक नारायण प्रसाद अधिकारीसंग कुराकानी गर्दै स्थीर सरकार बनाईसकेको नेपालले अहिले सम्म राम्रोसंग स्वास समेत फेर्न नपाएको बताए । सडक विस्तार गर्नका लागि विकाशको नाममा छुट्याईने बजेट समेत भ्रष्ट नेताहरुले आफ्नो खल्ति भर्ने काम गरिरहेका छन् ।
विस्तारै राजनितीक हिसाबले सुध्रिदै गएको नेपालमा फेरी कम्युनिष्टहरुले १० वर्ष पछाडि धकेलिरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस सरकारमा रहँदा सुरुवात गरेका आयोजनाहरुलाई समेत सरकारले विस्थापित गरेको स्पष्ट पारेका छन् । अहिले सरकारले अबको पाँच वर्षमा विकाशको साँटो देशको विनास गरेर छाड्ने उनको भनाई छ ।
प्रतिक्रिया