Logo

कर्णाली प्रदेश

कालो मकै नदेखेका कर्णालीका कृषिमन्त्री



नेपालको कर्णाली प्रदेशमा सबै भन्दा धेरै मकै उत्पादन हुन्छ । प्रदेशको अधिकांस भागमा पहाड भएका कारण यहाँ मकैको उत्पादन सबैभन्दा उत्तम हुन्छ । त्यसैले किसानहरुले बर्खाको समयढमा धानभन्दा धेरै मकै लगाउने गर्छन् । हरेक किसानले फरक फरक जातको मकै लगाउछन् ।

यसैले यहाँका सबै ब्याक्तिलाई मकैको बारेमा राम्रो जानकारी छ । तर, कृषकहरुलाई क्षेत्रविकाश र न्यायअधिकारका कुराहरु निर्माण गर्न बनाईएको कणाली प्रदेशका कृषि मन्त्रीलाई भने मकैका जातहरु बारेमा जानकारी नै छैन् । अहिले यहाँको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी हुनुहुन्छ ।

प्रदेश सरकार गठन भएको करिब एक वर्ष भयो । यहि एक वर्षे समिक्षा कार्यक्रपनि भर्खरै सम्पन्न भएकाो छ । सो अवसरमा मन्त्रालयले हेलो किसान कार्यक्रमको सुचारु गरेको छ । उक्त कार्यक्रममा मन्त्रीले किसानका गुनासाहरु सुन्ने गर्छन् । र समाधानका उपायहरुबारे छलफल बहस गर्छन् ।

हेलो किसानको सम्पर्क नम्बरमा मुरारीजंग शाहीले सुर्खेत वीरेन्द्रनगर नगपालिका १० बाट फोन गरे । उनले मन्त्रीलाई फागुन २० गतेबाट रोपाईसुरु गर्ने र कालो मकै रोप्ने भन्दा मन्त्री अलमलमा परिन । उनलाई कालो मकै हुन्छ कि हुदैन भन्ने समेत थाहा थिएन् ।

कृषिको सुधार केन्द्रको नियामक निकायका प्रमुखलाई नै यस्ता कुराहहरु जानकारी नहुनु दुखद विषय हो । अब यसले कसरी कृषकलाई आत्मनिर्भर बनाउछ ।

कृषकले उताबाट पानी परिसकेको जानकारी दिँदै उताबाट जबाफ आउँछ कालो धान र कालो मकै रोप्ने समय भइसक्यो । यति सुन्दा पनि मन्त्री अझै अलमलमा परिन् । सँगै रहेका मन्त्रालयका सचिव शिवनारायण चौधरीसँग कालो मकै पनि हुन्छ भन्ने संकेत गरेपछि मन्त्रीले कुराकानीलाई निरन्तरता दिइन् ।

प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार  ६ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।