Logo

प्रमुख समाचार

छोरी बलात्कार गर्ने बाबु पक्राउ



ललितपुरमा छोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय बाबु आफ्नी ९ वर्षिय छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ परेका हुन् ।

बाबुले मद्यपान सेवन गरेर नसमा मात्तिएको अवस्थामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

‘हामी अनुसन्धानका क्रममा छौँ’ मिश्रले भने, ‘पीडकलाई अनुसन्धानका लागि सात दिनको अदालतले म्याद थप गरेको छ।’ बडिखेल स्वास्थ्य चौकीको निर्देशनानुसार पीडित बालिकालाई उपचारका लागि पाटन वास्थ्य विज्ञान प्रतिष्ठान पु(याएको बताइएको छ।

घरका कोही नभएको मौका छोपी बाबुले दुई दिनअगाडि छोरी बलात्कार गरेको स्वास्थ्य चौकीकी अनमी प्रमिला चालिसेले बताइन्। ‘दुई दिनसम्म अत्यन्त रक्तस्राव भएको गाउँलेले तेस्रो दिन थाहा पाई उपचारका लागि स्वास्थ्यचौकी ल्याए’, उनले भनिन्, ‘पीडितको अवस्थादेखि हामीले तत्काल उनलाई पाटन रिफर गर्यौँ।’

बालिका बाबुबाटै बलात्कृत भएको हो या हैन भन्ने ठोस प्रमाण सङ्कलनका लागि उनको डिएनए परीक्षण गर्न प्रहरीले महाराजगञ्ज अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार  ६ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।