Logo

राजनीति

किन दिए बरिष्ठ न्यायाधीश जोशीले राजीनामा ? यस्तो छ रहस्य



काठमाडौं । विदामा घर बसेका सर्बोच्च अदालतका बरिष्ठ प्रधानन्याधिश दिपकराज जोशीले मंगलबार राजीनामा दिएका छन् । छुट्टिट लिएर लिएर बसिरहेका जोशीले एकाएक राजिनामा दिएपछि सबैलाई चकित पारेको छ । यो कुरा हरेकको चाँसोको विषय समेत बनेको छ ।

किन र के कारणले उनले राजिनामा दिए भन्ने जानकारी बल्ल पत्ता लागेको छ । दिपकरााज जोशीले आफु अन्यायमा परेर राजिनामा दिएको स्पष्ट पारेका छन् । जोशीलाई कम्युनिष्टहरुको चित्त बुझााउन नसक्दा मंगलबारदेखि लागू हुने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामार्फत् राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिले जोशीलाई अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीश राणाले उनलाई पुस १७ गतेदेखि इजलास तोकेका थिएनन् । यहि कशारणले जाोशी घरमका छुट्टी लिएर बसेका थिए । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिश गरेका जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जोशीबारे विवाद रहेकाले प्रधानन्यायाधीशमा अस्वीकृत गरिएको बताएको थियो । नेकपा सांसद योगेश भट्टराईले जोशीको आचरण र इमान्दारिताबारे सोधिएको प्रश्नमा उनले सन्तोषजनक जवाफ दिन नसकेको बताएका थिए । कम्युनिस्टहरूले नरुचाएकै कारण जोशी सक्षम हुँदा हुँदै पनि अन्यायमा परेको आरोप छ ।

जोशीको शैक्षिक प्रमाणपत्र पनि विवाद उत्पन्न भएको थियो । त्यसबाहेक उनले गरेका कतिपय अन्तरिम आदेश र फैसलामा पनि प्रश्न उठेको थियो । जनताको विश्वास उठाउन कुनै कसरत बाँकि नराखेको सरकारले जोशीलाई पनि एकदमै अन्याय गरेको हो ।

प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार  ९ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।