Logo

प्रमुख समाचार

कता छन् ठूलो माछा भन्दै अख्तियार अगाडि प्रद्धर्शन गर्ने विवेकशीलका कार्यकर्ता पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय अगाडि प्रद्धर्शन गर्ने विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिनको माग गर्दै बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि धर्ना कार्यक्रम राखेको थियो ।

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ खालका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकाहरुको संख्याबारे भने खुलाएको छैन ।

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  ५ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।