नेपालको राजनितीबाट वर्तमान प्रधानमन्त्री एबं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा पुर्ण रुपमा असफल बनेकाले अब पालो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले बताएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्लेषक आचार्यले वर्तमान प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैलाई असफलको भएको बताएका हुन् ।
सोहि कार्यक्रममा उनले नेकपाभित्र अब अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाबी हुने र ओलीपछि प्रधानमन्त्री पनि प्रचण्ड नै बन्ने बताएका हुन् । उनी भन्छन्, सात सालमा नेपालमा थुप्रै राम्रो नेताहरु थिए । त्यसबेला विश्वप्रसाद कोईराला, टंक प्रसाद आचार्य, मनमोहन अधिकारी लगायतका नेताहरु थिए ।
उनीहरु त्यो बेलामा उच्च हााईटका थिए । संसारका त्यो बेलाका नेताहरु संसारलाई बुझ्ने र संसारलाई भिजन दिन सक्ने खालका नेताहरु थिए । तर, नेताहरुको साक्षरता दर भने तिन चार प्रतिशतमात्र थियो ।
त्योबेला राणाहरुलाई हटाएपछि बिस्तारै राजाको पालो आउने थियो । त्यो बेलाको राजनितीमा जनता धेरै पछाडि थिए । नेता धेरै अगाडि थिए । त्योबेला हामी चुक्यौ । सातसाल पछि २०४६ सालमा जुन परिवर्तन आयो । त्यो परिवर्तनले एउटा बाटो लिँदै थियो त्यो पनि संसारबाट पनत भएको संसारबाट सिद्धिएको कम्युनिष्ट आईडोलोजीले जनयुद्धको नाममा हतियार प्रयोग गरेर डेमोक्रेसिलाई कमजोर पारिदियो । त्यसैमा एक दुई दशक वित्यो । ०४६ साल संविधानलाई त्यसले च्यालेन्ज दियो । अनि २०६३ २०६३को आन्दोलनपछि जनयुद्धले फेरी पञ्चायतबादि आन्दोलनको रुप परिवर्तन गरेर मद्येशबादि आन्दोलनमा लाग्यो ।
हाम्रो एक पछि अर्को घटना क्रमले कमुलुकका समृद्धिको यात्रालाई विस्थापित गरायो । वर्तमान सरकारबाट आशा गरिएको थियो । तर, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शासकिय प्रबृत्तिले जनतामा निराशा छाउने बाहेकको काम हुन सकेको छैन् । यसलाई कांग्रेसको आन्तरिक द्न्दका कारण प्रतिपक्षिको भुमिका राम्रो नहँदा सममस्या सिर्जना भएको हो ।
प्रतिक्रिया