Logo

प्रमुख समाचार

अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीलाई उद्धार गर्न कांग्रेसको आग्रह



प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा विचल्लीमा परेका नेपाली विद्यर्थाीहरुलाई उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । नेपालबाट अध्यायनको लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरु अहिले समस्यामा रहेकोले उनीहरुलाई उद्धार गर्न सरकारसंग कांग्रेसले माग गरेको हो । यसकालागि नेपाल सरकारले तत्कालै विद्यार्थीहरुको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसंग आवश्यक पहल गर्न आग्रह गरेको हो ।

पार्टि प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जनाए।

“हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धनबेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्योलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थीसमेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ” विज्ञप्तिमा उल्लेख छ ।

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

यस्ताे छ विज्ञप्ति

प्रेस विज्ञप्ति
अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ । हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौँ । 
तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावक सँगै हामीलाई पनि मर्माहत तुल्याएको छ । 
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको 
छ । 
नेपाल सरकारले ती विद्यार्थीहरुको उद्धार उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गरोस् र पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निभाओस्, नेपाली कांग्रेस सम्पूर्ण तदारुकताका लागि हार्दिक अपिल गर्दछ । 
दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ । 
विश्वप्रकाश शर्मा
प्रवक्ता

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  ८ : १४ बजे