Logo

प्रमुख समाचार

एउटाले लुटेर खा भाइ लुटेर खा भन्ने गित बनायो्, सरकारले हटा भन्यो भनेर चर्चा कमायो : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले लोक गायक पशुपति शर्माको लुट कान्छा लुटको बारेमा प्रधानमन्त्रीले बोलेका छन् । प्रधानमन्त्री आोलीले उक्त गित कसैले हटा नभनेको आफैले हटाएको बताएका छन् ।

बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरे।

‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं। एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता। लुट, लुट । गरी खाएर केही काम लाग्दैन। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘ जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्।’

उनले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गरे।

‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्। हाम्रो त बाटै त्यही २५ हजार पुरस्कार दिन्छु भनछन्। मलाई अचम्म लाग्छ( हामी कता जान खोज्दैछौं,’ प्रधानमन्त्रीले भने।

उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको बताए। ‘त्यो गीतमा सरकारले केही भनेको छैन। सरकारले भनाइ सुबाटौंमा हिँड्यौं भन्नेमात्र हो,’ उनले भने।

यसअघि सत्तारूढ दलको भातृ संगठन युवा संघका नेताले गायक शर्माको ‘लुट्न सके लुट‘’ भन्ने गीत युट्युबबाट हटाउन भनेका थिए। राजनीतिक सुझाव आएकाले आफूले गीत हटाएको शर्माले बताएका थिए।

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  १० : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।