Logo

राजनीति

प्रधानमन्त्री ओलीलाई पछि पार्दै कांग्रेस सभापति देउवा दुईतिहाईले विजयी



वर्तमान प्रधानमन्त्री एबं नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष केपी शर्मा ओलालाई पछि पार्दै प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा दुई तिहाईले विजयी भएका छन् । बुधबार छुट्टाछुट्टै ठाउँमा गएका यि दुई नेतालाई कार्यकर्ताहरुले सम्मान गरेको माला प्रतिष्पर्धामा देउवा विजयी भएका हुन् ।

सुदुरपश्चिम पुगेका प्रधानमन्त्री ओलीलाई त्यहाँको कार्यक्रममा ५१ किलोको माला लगाएर सम्मान गर्दा बारामापनि सभापति देउवालाई स्म्मान गरिएको छ । देउवालाई १५१ किलोको माला लगाएर सम्मान गरिएको छ । चुनावमा ठुलो हार ब्यहोरेको कांग्रेसले पछिल्लो समय मालाबाट चर्चाकमाईरहेको छ ।

केहि दिन पहिले संस्थापक पक्षका नेताहरुलाई विरगञ्जमा जिपी कोईराला फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा १२१ किलोको मालाले स्वागत गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  ११ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।