Logo

राजनीति

सभामुखलाई अपमान गर्ने सांसद चिनौं, ती को हुन् ?



प्रतिनिधिसभाका सांसद सधैं सभामुखलाई अपमान गर्दै आइरहेका छन् । २०४८ सालबाट निरन्तर रुपमा ३ पटक सांसद भएका नेकपाका सांसदले सधैं सभामुखको अपमान गर्दै आएका छन् । उनी २०४८, , २०५१ र २०५६ सालमा भएको प्रतिनिधिसभाका निर्वाचित सांसद हुन् ।

मकवानपुर–२ बाट निर्वाचित सांसद् बिराेध खतिवडाले एमालेको तर्फबाट टिकट पाएका हुन् । बुधबारको संसद बैठकमा विशेष समयमा बोल्दै सांसख खतिवडाले धेरैपटक सभामुखलाई सम्बोधन गरे तर अपमानित भाषा प्रयोग गरे । यसरी अपहेलना गरेर सम्बोधन गरे के गर्ने भन्ने प्रश्न उठेको छ ।

छिनछिनमा सभामुख भन्ने उनले कहिल्यै पनि संसदमा सम्माननीय सभामुख महोदय भनेका छैनन् । नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधान न्यायाधीशलाई सम्माननीय भनेर सम्बोधन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  १२ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।