राष्ट्रिय जनता पार्टी नेपालले सरकारमाथि आफुले दिएको समर्थन फिर्ता लिन बाध्य नबनाउन नेपाल सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई ठूलो चेतावनी दिएको छ ।
केहि समय अघि सरकारले गरेका प्रतिवद्धताहरु जुन थिए संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा फिर्तालगायतका कुनै पनि माग अहिलेसम्म पूरा नगरेको भन्दै अब पनि पूरा नभए समर्थन फिर्ता लिने र संसद घेराउ गर्ने समेत चेतावनी दिएको हो ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘हामीलाई समर्थन फिर्ता लिने सडकमा जाने संसद घेराउ गर्ने, यो परिस्थितिमा हामीलाई सरकार नपारोस् अन्यथा हामी बाध्य हुन्छौं ।’
आफूहरुको माग पूरा गर्न सरकारले पटक–पटक समय मागे पनि बेवास्ता गरेको भन्दै आफूहरुलाई उच्छृङ्खल गतिविधि गर्न बाध्य नपार्न उनले आग्रह गरे । ‘हामी सरकारको विश्वासमा मात्र यो विषय पूरा हुन्छ भनेर चुप लागेर बसेका छौं, पर्खिरहेका छौं । सरकार हामीलाई बाध्य नगरोस् कि हामी उश्रृंखलतामा जाऔं ।’
प्रधानमन्त्रीले ज्ुन प्रतिवद्धता जनाउनु भएको हो त्यो विषय पूरा नगरे राज्यप्रतिको विश्वास सधैका लागि नै घटेर जाने सांसद कर्णले दावी समेत गरे तत्काल आफ्ना मागहरु यथासक्के पूरा गन सरकारलाइ आग्रह गरे ।
प्रतिक्रिया