Logo

प्रमुख समाचार

कांग्रेसबाट निर्वाचित उपप्रमुखको ज्यान मार्ने धम्की, कांग्रेसको आपत्ति



नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुखलाई ज्यान मार्ने धम्कि आएको छ । काांग्रेस नेतृ एबं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्कि आाउन थालेको हो । जनताको काम गर्ने जनप्रतिनिधीलाई सामाजिक सञ्जाल तथा फोनको माध्यमबाट ज्यान मार्ने धम्कि आईरहेको छ । यस विषयमा नेपाली कांग्रेस भरतपुरले आपत्ति जनाएको छ ।

कांग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ। कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न नगराउनसमेत पार्टीले विज्ञप्तिमार्फत जनाएको छ।

यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत सम्बन्धित निकायसँग माग गरिएको छ। आउँदा दिनमा यस्ता घटना नदोहोर्‍याउनसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ। उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको उनले बताएका छन्।

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  ६ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।