Logo

प्रमुख समाचार

सांसद झपट रावललाई फसाउने दुस्साहस लगाईयो गम्भिर आरोप



प्रतिनिधिसभा सदस्य झपट रावलमाथि कर छलीको झुटो आरोप लगाईएको छ । नेकपा केन्द्रिय सदस्य समेत रहेका रावललाई प्रतिपक्षिहरुको मिलोमतोमा भ्रामक समाचार सञ्चार माध्यममा आएको उनले बताए ।

विहिबार पत्रकार लाल बहादुर विकसंग कुराकानीको क्रममा जनता र आफ्नो सम्बन्ध विगार्नका लागि यस्तो दुस्साहस गरिएको बताएका छन् । कुराकानी गदै उनले यो समाचार गलत भएको बताएका छन ।

पछिाल्लो समय झपट रावललाई झुटो आरोप लगाएर केहि सञ्चार माध्यमहरुले कैलालीको लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिहरुसंग मिलेर जग्गा खरिदको क्रममा कर छलि गरेको आरोप लगाएका छन् ।

सोहि विषयमा बोल्दै सांसद रावलले आफुले सोहि नगरपालिका वडा नम्बर ४ स्थीत बलियामा प्रति कठ्ठा ७५ हजारका दरले २ लाख २५ हजारमा तीन कठ्ठा जग्गा खरिद गरेको स्विकार गरेका छन् । कुराकानी गर्दै रावलले मिडियाकर्मी तथा समाचारका संबाहक रेडियो र पत्रपत्रिकाहरुले समाचार बनाउदा पहिले राम्रोसंग छानबिन गरेर मात्र बनाउन आग्रह गरेका छन् ।

साथै सांसद रावलले जग्गा खरिद गर्दा आफुले पुरै सरकारी कर ९ हजार रुपैया तिरेको बताएका छन् । उक्त स्थानमा आफुले जग्गा किन्ने क्रममा सामान्य आवत जावतको लागि मात्र बाटो रहेको उनले बताएका छन् ।

जग्गाधानी चुडामणी भण्डारीले पनि त्यस क्षेत्रमा पहिले बाटो नरहेको बताएका छन् । भण्डारीका अनुसारपहिले त्यस क्षेत्रमा खेतमा पानी लगाउन र जग्गा तथा घरको आगनमा भरिउको पानी बाहिर फाल्नको लागि सानो कुलो

रहेको बताए । पछि मान्छेहरुको बसोबास बढ्दै गएपछि त्यही कुलोबाट आवत जावत गर्न थालिएको उनको भनाई छ ।
अहिले त्यस क्षेत्रमा कच्ची बाटोमा पर्ने जग्गालाई प्रति कठ्ठा ७ लाख, ग्रावेल बाटोमा पर्ने जग्गा प्रति कठ्ठा साढे ८ लाख र पक्की सडकमा पर्ने जग्गाको प्रति कठ्ठा नौ लाख सरकारी दररेट कायम गरिएको छ।

त्यसबेला यस क्षेत्रमा यस्तो कुनैपनि व्यवस्था नरहेको बताईएको छ । अहिले त्यहि जग्गाको मुल्य साढे २५ लाख रुपैया पर्न जान्छ ।

त्यसबाट एक लाख दुई हजार राजस्व जम्मा हुन्छ । तर, त्यो बेला त्यहाँ बाटो नै नभएका कारण उनले सामान्य जग्गालाई लाग्ने कर तिरेका हुन् ।

अहिले सोहि जग्गाको २५ लाख पर्न जाने भन्दै केहि प्रतिपक्षिहरुले मिडियासंग मिलेर आफ्ना बेईज्जत गराउदै ९३ हजार कर छली गरेको आरोप लगाएको बताए । यस्तै अहिले त्यस क्षेत्रमा स्थानियले बाटो माग गरेपछि नगपालिकाले बाटो खनेको लम्की चुहाँनगरपालिकाका मेयर महादेब बजगाईले बताए ।

मेयर बजगाईले यसरी कसैलाई पनि झुटो आरोप लगाउनु र बेईज्जत गराउने नियतले यस्ता खालका अप्राकृतिक र भ्रामक समाचार मिडियामा ल्याउनु गलत भएको र यसलाई सुधारेर पत्रकारहरुले निस्पक्ष जनताको आवाजलाई आपुले सुन्ने बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  ५ : २४ बजे