Logo

समाचार

तपस्वी बमजन गाएब



प्रहरी तपस्वी बमजनको खोजी कार्य तिब्र पारेको छ । उनी लामो समयदेखि गाएब छन् । तर, प्रहरीलाई भने यसको सुईको समेत छैन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको समेत यकिन छैन् ।

आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । ‘बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले भने, ‘उनका अनुयायी यही छन्, भन्छन् तर हामीसँग उनी यही छन् भन्ने केही आधार छैन ।’

आश्रमभित्र अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुव्र्यहार भएको जस्तो आरोप लागेपछि बम्जन सार्वजनिक भएका छैनन् । गत माघ ६ गते ३ महिने मैत्री धर्म प्रज्ञा प्रशिक्षण समापन विश्व शान्ति महामैत्री पूजाको कार्यक्रममा बम्जनले सम्बोधन गर्ने कार्यक्रम थियो तर उनी सुरक्षा चुनौती रहेको भन्दै सार्वजनिक भएनन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  २ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।