Logo

मधेश प्रदेश

दुई २ हजार तिर्न नसक्दा गाउँ ‘अनागरिक’,



मुसहर बस्तिका ६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौदेखि साहुको कब्जामा रहेको छ । नागरिकता साहुसंग थन्किएपछि सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सुरक्षा भत्तालगायत राज्यका सेवा सुविधाबाट बञ्चित छिन् ।

उनको छोरा मुनेश्वरले रामअशिष यादलकहाँ बुवाको नागरिकताको बन्धकी राखेर २ हजार ऋण लिएका थिए । तर, उनले पैसा फिर्ता गर्न सकेनन् । नागरिकता फर्किएन । ‘साहु महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे ।

धनुषा लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ । वरिपरि पक्की भवन ठडिएका छन् । मुसहर समुदायलाई भने वषौँदेखि रोग, भोक, र शोकले सताएको छ । यो समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  २ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।