Logo

राजनीति

विप्लव माओवादीको कब्जामा २९ कठ्ठा जग्गा



विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिले २९ कठ्ठा जग्गा आफ्नो कब्जामा लिएको छ । माफियाहरुले जग्गा हडप्न खोजेको भन्दै विप्लवले उक्त जग्गा कब्जा गरेको हो ।
जग्गा विवाद पश्चात न्यायिक समितिले विवाद मिलाएपछि पनि जग्गा हडप्न माफियाहरुले लागिपरेपछि आफुले नियन्त्रण गरेका विप्लवले बताएका छ । नेकपाका अनुसार उक्त जग्गाको विवाद नमिल्दासम्म आफ्नै नियन्त्रणमा रहने पार्टीनिकट राष्ट्रिय थारू मुक्ति मोर्चा नेपाल चितवनले जनाएको छ ।

यसअघि विवादित रहेको र न्यायिक समितिले एकपटक मिलाइसके पनि दलालले हडपेको जग्गा नियन्त्रणमा लिएको थारू मुक्ति मोर्चाले जनाएको छ । चितवनको साबिक बछौली ६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको हाल रत्ननगर नगरपालिका ६ मा रहेको कित्ता नम्बर ८ क २७० को १४ कठ्ठा १ धुर, कित्ता नम्बर ८ क २७१ को २ कठ्ठा ६ धुर र कित्ता नम्बर ८ ग २४४ को १२ कठ्ठा १६ गरी जम्मा १ बिघा ९ कठ्ठा ३ धुर जग्गा मोर्चाले नियन्त्रणमा लिएको हो ।

उक्त जग्गा कुनै व्यक्ति वा समूहलाई खरिद तथा बिक्री र धितोस्वरूप कुनै पनि काम नगर्न पनि मोर्चाले सचेत गराएको छ । मेर्चाले उक्त जग्गा टीका कँडेल र केशव लामिछाने लगायत जग्गा दलालहरुले जालसाजी गरी हडप्न खोजेको र चितवन जिल्ला न्यायिक समितिले दुवै पक्षलाई राखी छलफल गराई निर्णय गरिसकेको अवस्थामा फेरि उक्त निर्णयलाई बेवास्ता गरिएकाले उक्त जग्गाको सम्बन्धित पक्षले न्याय नपाएसम्म नियन्त्रणमा लिइएको राष्ट्रिय थारू मुक्तिमोर्चा नेपाल चितवनले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ७ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।