Logo

राजनीति

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । उनीहरु दुबै जनाको विवादको प्रमुख जड महासमिति बैठकको म्याण्डेट रहेको छ ।

वरिष्ठ नेताा पौडेलले म्याग्नेट अनुसार चल्न मागड गर्दा दुबैजना नेताबीच विवाद भएको हो ।

विवादका क्रममा बरिष्ठ नेता पौडेल महासमिति बैठकअनुसार चल्नुपर्ने अडानमा छन् । सोहि कारणले पार्टीको केन्द्रिय कार्य समिति बैठक प्रभावित बनेको छ । महासमिति बैठकले महाधिवेशनमा पदाधिकारी र केन्द्रिय सदस्यहरु बुथमा जान नपाउने निश्कर्ष निकालेको थियो ।

तर, देउवाले महासमितिको म्याण्डेटलाई लत्याउँदै बुथमा पदाधिकारी र केन्द्रिय सदस्यहरु पनि जान पाउनुपर्ने अडान लिएका छन् ।कांग्रेसनिकट उच्च स्रोतका अनुसार नेविसंघका तदर्थ समितिमा आफ्नो मान्छे बनाउनुपर्ने पौडेलले माग गरेका छन् ।

यही कारण देउवासँग पौडेलले सम्झौता गर्ने बुझिएको छ । नेविसंघको तदर्थ समितिको सभापतिमा आफ्नो मान्छे नियुक्त भए आफू सभापति देउवाले भनेबमोजिम अघि बढ्न तयार रहेको पनि पौडेलको रणनीति छ ।

आज काँग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ । आईतबार काँग्रेस केन्द्रीय कार्यालयमा विहान ११ बजेदेखि बैंठक बसिरहेको छ । आईतबारको बैठकमा नेविसंघको तदर्थ समिति र विधान संशोधनमा देखिएको विवाद बारे छलफल गरिने काँग्रेसले जनाएको छ । लामो समयदेखि चलिरहेको यसको असमझदारी अझै टुंगिन सकेको छैन ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  ११ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।