नेपाली कांग्रेस पार्टि मुख्यालयमा नेविसंघले प्रदर्शन गर्दा दुई समुहबीच भएको झडपमा आफ्नै पार्टिका नेता कुट्न टोले गुण्डा परिचचालन गरेको देउवा पक्षले जनाएको छ । आन्तरिक स्रोतले दिएको जाानकारी अनुसार देउवा पक्षका नेताहरुलाई कुट्नका लागि त्यहाँ गुण्डा परिचालन गरिएको हो ।
बाह्य रुपमा कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेता कुन्दनराज काफ्ले समुहका नेताहरुबीच झडप भएको भनिएपनि उनीहरुले ‘टोले गुण्डा’ परिचलान गरेर सभापति शेरबहादुर देउवासहितका नेताहरूमाथि आक्रमण गराईएको खुलासा भएको छ ।
नेविसंघका नेता सरोज थापाले काफ्ले समूहले ‘टोले केटा’हरू (टोले गुण्डा) ल्याएर नेपाली कांग्रेसका नेताहरूमाथि आक्रमण गराएको आरोप लगाए । अराजक विद्यार्थी नेताहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने थापाले माग गरे । थापाको आरोपपछि काफ्ले कालोनिलो बनेका थिए ।
‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग आइतबार रातिको बहसमा विद्यार्थी नेता थापाले काफ्ले समूह कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिसहितका नेताहरूमाथि भौतिक आक्रमणमा उत्रिएको आरोप लगाए ।
थापाको छेउमै रहेका कुन्दनराज काफ्लेले आफूहरूका विद्यार्थी नेताहरूमाथि सभापति शेरबहादुर देउवाको निर्देशनमा आक्रमण भएको दाबी गरे । ‘सभापतिज्यूले हाम्रा विद्यार्थी नेता तथा कार्यकर्ताहरूमाथि आक्रमण गराउनुभयो’, उनले भने, ‘नेविसंघलाई सभापतिले ध्वस्त बनाउनु भएको छ ।’
नेविसंघका नेता थापाले काफ्लेको आरोपमा कुनै दम नरहेको भन्दै खण्डन गरे । ‘काफ्लेजीले सभापति देउवाले गुण्डाको प्रयोग गरेर आक्रमण गराएको आरोपमा कुनै सत्यता छैन’, थापाले भने, ‘यस्ता नचाहिने कुरा गर्ने ? सबै आरोप फिर्ता लिनुस् । मर्यादित शब्द र कुरा बोल्नुस् कुन्दनजी ।’
नेविसंघका नेता थापाले नेविसंघका नाममा अराजकता मच्चाउनेहरूलाई हदैसम्मको कारबाही गर्न माग गरे । ‘पार्टीका सभापतिसहितका नेताहरूमाथि आक्रमण गर्ने अराजक विद्यार्थीलाई कारबाही गर्नुपर्छ’, थापाले भने, ‘कुन्दनजीहरू फाइदा उठाएर लाभ लिन चाहनुहुन्छ ।’
जवाफमा काफ्लेले सभापति देउवाको चाकडी गरेर नेविसंघको अध्यक्ष बन्न थापा सक्रिय भएको आरोप लगाए । तर, थापाले काफ्लेलाई नेविसंघ किन बिगारेको भनेर प्रश्न गरेको थिए । थापाको प्रश्नपछि काफ्ले बोल्न सकेनन् ।
काफ्लेमथि थापाले नेविसंघको महाधिवेशन गर्न नसकेर संगठनलाई कमजोर बनाएको आरोप लगाए । थापाले भने, ‘कुन्दनजी विघठन भएको कार्यसमितिको महामन्त्री हो । उहाँले किन महाधिवेशन गराउन सक्नु भएन ? जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? अहिले आएर टोले केटाहरू पार्टी कार्यालयमा भित्र्याएर सभापति देउवा, उपसभापति निधिमाथि सांघातिक आक्रमण गराउने ? तपाईहरू जस्ता अराजक नेताहरूलाई कारबाही हुनुपछ ।’
थापाको अगाडि बोल्न नसकेका काफ्लेले आफूलाई नेविसंघको अध्यक्ष दिए पनि नबन्ने बताए । उनले आफू दोलखा कांग्रेसको सभापतिको उम्मेदवार बनेर कांग्रेसको राजनीति गर्ने बताए ।
नेपाली कांग्रेस र नेविसंघमा राम्रो पहिचान बनाएका काफ्लेले सिटौला समूहको उक्साटमा लागेर गलत क्रियाकलाप गर्दै आएको आरोप छ । काफ्लेलाई सिटौलाका साथै गगन थापा, प्रदीप पौडेलको समर्थन छ ।
सिटौला समूहमा अराजक नेताका रुपमा उदाउँदै गरेका काफ्ले कांग्रेस र नेविसंघभित्रै अलोकप्रिय बन्दै गएका छन् । काफ्लेको धेरैले आलोचना गर्न थालेका छन् । काफ्लेले आफूलाई परिवर्तन गराएर लोकतान्त्रिक बनाउनुपर्ने धेरैले सुझाव दिएका छन् ।
प्रतिक्रिया