Logo

समाचार

अष्ट्रेलियामा अलपत्र विद्यार्थीको उद्धारको नाममा करोडौको चलखेल सुरु, उच्च ओहोदाका व्यक्तिको संलग्नता रहेको खुलासा



अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीहरुलाई अर्को विद्यालयमा ट्रान्सफर गर्ने नाममा लाखौको चलखेल सुरु भएको छ ।आन्तरिक स्रोतले दिएको जानकारी अनुसार उक्त कामको लागि बैदेशिक शिक्षाको क्षेत्रमा काम गर्ने नेपाली ठुला कन्सलटेन्सी र अष्ट्रेलियामै रहेर काम गरिरहेका कन्सलटेन्सीका केहि मालिकहरु रहेका छन् ।

आर्थिक चलखेल गर्न हायात होटलमा बसेको अधिकारीहरुको बैठकले प्रति विद्यार्थीहको मुल्य रु तिन लाख तोकेका छन् । जसमा सम्बन्धित निकायका कर्मचारी तथा सरकारी कर्मचारीहरुको समेत मिलोमतो रहेको छ ।

कन्सलटेन्सीहरुका नाममा अकुत सम्पत्ति कमाएर नपुगेपछि उनीहरुले यस्तो रणनिती सुरु गरेका हुन । यसले विद्यार्थीको भविष्य र अध्यायनको ग्यारेन्टिका कुराहरुमा समेत चुनौति देखिन्छ ।

उनीहरुले पढेर क्रेडिट पाउने वा नपाउने विषयमा समेत अन्यौलता देखिन्छ । हजारौ विद्यार्थीहरुलाई अलपत्र पारेका ति कन्सलटेन्सीहरुले फेरी उच्च ओहोदाका कर्मचारीसंग मिलेर यस्तो षड्यन्त्र गरिरहेका छन् ।

यो भन्दा पहिले पनि बेलाबेलामा यस्ता समस्या सिर्जना भएपछि आन्तरिक रुपमै रुपमै करोडौ चलखेल गर्दै आएका उनीहरुले यस्तो कार्य विगत लामो समयदेखि गर्दैआएका छन् । सुरुवातमा विद्यार्थीहरुसंर्गै मिलेर उनीहरुले आर्थिक मेलोमेसो मिलाउने गरेको समेत आन्तरिक स्रोतले खुलाएको छ ।

यतिबेला २०१८ जुलाईबाट विद्यार्थीहरुको समस्या सिर्जना भईरहेको भएपनि आन्तरिक रुपमा मिलाउन खोजीएको थियो । उनीहरुको डिल पुरा नहुन्जेल सम्म उच्च पदस्थ व्यक्तिहरुले काम नगर्ने प्रवृीत्तका कारण डिल पुरा भएन । यो समस्या सबै विद्यार्थीहरुका माझमा पुगेपछि अहिले सुरुवातको भन्दा महंगो डिल सुरु भएको छ।

यि तत्वहरुले एकातिर कलेज भाँड्ने विद्यार्थीलाई आतंकित पार्ने कलेजहरु र सम्बन्धि निकायसंग करोडौको डिल गर्ने गरेको रहस्य समेत बाहिरिएको छ । अहिले पनि प्रति विद्यार्थी बराबर ३ लाखका दरले नौ सय विद्यार्थी बराबर करोडौ रुपैयाको चलखेल सुरु भएको छ ।
उनीहरुले फेरी अष्ट्रेलियन सरकारको नियम विपरित कामहरु गर्दै आएका छन् ।

अष्ट्रेलियन सरकारको नियम अनुसार सरकारले विद्यार्थीले आयल्सनमा सेभेन अंक ल्याएकै हुनुपर्छ । यदि त्यो भएन भने उनीहरुलाई सोहि अनुसारको कलेजमा व्यवस्था गर्नुपर्ने हुन्छ । अष्ट्रेलियन सरकारको नियम अनुसार कलास निरन्तर हुनुपर्ने हुन्छ ।

अहिले विद्यार्थीहरुको यहि समस्यालाई एक ईस्यु बनाएर भिर माहुरीको गोलो टुटेझै गरि लागिपरेका सम्पत्ति मोहका ब्वाँसाहरुले गिद्धे नजर सुधार गर्न नसक्दा विद्यार्थीहरुको भविष्य अष्ट्रेलियामा पुगेर अन्याैतामा फस्दै गएको हो ।

यो पनि पढ्नुहोस्

एक्स्पार्ट एजुकेशनको कालो कर्तुत, विद्यर्थाीको भविष्यमाथि खेलवाड

अस्ट्रेलियामा अलपत्र विद्यार्थीलाई ज्यान मार्ने धम्कि (भिडियो सहित)

नेपाली क्रिकेटर पारसलाई देखाएर यसरी लुट्छन् विद्यार्थीहरुको लाखौ रकम

नेपाली कन्सलटेन्सीको कालो कर्तुत, शिक्षाको नाममा डलरको खेती

अहिले अष्ट्रेलियामा रहेको नेपाली राजदुतावासका उच्च ओहादमा व्यक्ति र नेपालका सम्बन्धित संस्थाका कर्मचारीको मिलोमतोमा यस्तौ जगन्य कार्य सुरु भएको हो । सरकारलाई ठग्नको लागि बाहिरी एउटा एजेण्डा बनाएर । आन्तरिक रुपमा अर्कै चलखेल रहेको छ । ति विद्यार्थीहरुलाई त्यहाँबाट निकालेर अन्त पठाउने बाहानामा पोलिसी सुरु गरीएकाे भन्दै ठगीकाे बिजनेस सुरु गरिएको छ।

हामीले यहाँ कस्तो कत्रो षड्यन्त्र भईरहेको छ, भन्ने थाहा पायाैँ। उनीहरु सम्पत्ति माेहमा कहाँ  सम्म गिर्न सक्छन् भनेर । यस्तै उनीहरुले अष्ट्रेलियन सरकारले दिएका ७–८ वटा भिषा कण्डिसनलाई मिच्दै छन् । यस विषयमा नेपाली दुतावासले समेत सचेत गराईरहेको छ । तर यसले ति सम्पत्तिका भाेकाहरुलाइ भने कुनै फरक पारेन । उल्टै उनीहरुलाई यस्ता जगन्य काम गर्न उक्साई रह्यो ।

विद्यार्थीहरुको हक हितमा काम गरिरहेका केहि संस्था तथा कर्मचारीहरुले ति कलेका कर्मचारीहरुलाई नेपाल बोलाउन आह्वान गरेको भएपनि विद्यार्थीको भविष्यमाथी विजनेस गर्न पल्केका ति ब्यावसायिहरुले भने सरकार र जनतालाई ठग्दै चलखेल सुरु गरेका हुन ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ८ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।