Logo

प्रमुख समाचार

मन्त्रीहरु हटाउने जिम्मेवार ओली–प्रचण्डलाइ, ‘यी नालायक मन्त्रीहरु जादै, को-को आउदैछन् (नामसहित)



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीहरु हटाउने र जिम्मेवार हेरफेर गर्नेबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा केही मन्त्रीहरु हटाउने र नयाँ मान्छे नियुक्ती गर्नेबारे दुई अध्यक्षहरुबीच गम्भिर कुराकानी भएको स्रोतको दाबी छ ।

तत्काल संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलाई हटाउने निश्कर्षमा अध्यक्षद्धय पुगेको नेकपाका एक नेताले जानकारी दिए । रवीन्द्रको ठाउँमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लैजाने तयारी भएको छ ।

त्यस्तै, लालबाबु पण्डितलाई पनि हटाउनेबारे छलफल भएको बुझिएको छ । उता, संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट परराष्ट्रमा ल्याउने तयारी भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई सञ्चार मन्त्रालयमा लैजाने तयारी छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाएर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई लैजाने ओली–प्रचण्डको तयारी छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १०:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।