Logo

प्रमुख समाचार

नेविसंघले सरकारविरुद्ध प्रदर्शन गर्दै उठायो यस्तो मुद्दा



नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीको पक्षमा सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको छ। उज्वल भविष्यका लागि उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलियामा हजारौँ विद्यार्थी अलपत्र परेपछि उनीहरुको उद्धारको लागि नेविसंघले सरकारसँग माग गर्दै प्रदर्शन गरेको हो।

अध्ययनका लागि भन्दै अष्ट्रेलिया पुर्याएका एक हजार भन्दा बढी विद्यार्थीहरु अलपत्र पारेको प्रति सरकारले चासो नदेखाएको भन्दै नेविसंघले काठमाडौंमा प्रर्दशन गरेको छ ।संघ विद्यार्थीहरु काठमाडौंको त्रिचन्द्र कलेज अगाडि प्रर्दशन गरेको हो । उनीहरुले विद्यार्थीको भविष्य माथि खेलवाड गर्ने कन्सल्टेन्सीलाई तत्काल कार्बाही गर्न माग गरेका छन् ।

विद्यार्थीहरुको भविष्य माथि खेलवाड गर्नेलाई कार्बाही नगर्नु राज्यको चरम लापरबाही भएको नेविसंघ नेता दिनेश शाहीले नेपालपाटी डटकमलाई जानकारी दिए । नेता शाहीले राज्य शैक्षिक दलालहरु संग लम्पसार परेको र उद्धारमा संवेदनशील नभएको बताए ।

नेविसंघको प्रदर्शनका कारण बागबजार र घण्टाघर क्षेत्रमा चल्ने सवारी साधनहरु करिब आधा घण्टा जाममा परेका थिए ।दोषीहरुलाई तत्काल कार्बाही नगर्दा सम्म आन्दोलन जारी रहने नेविसंघल जनाएको छ । उग्र प्रदर्शनको क्रममा प्रदर्शनकारीले एक सवारी साधनमा तोडफोड समेत गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  १० : ५२ बजे