एआइविटीमा सबैभन्दा बढि विद्यार्थी पठाएर अलपत्र पार्ने मर्सी एजुकेशनका सञ्चालक राम टण्डन फरार भएका छन् । अष्ट्रेलियामा विद्यार्थी अलपत्र पारेको खबर नेपालका मिडियाहरुमा आएपछि उनी फरार भएका हुन् ।
आन्तरिक स्रोतका अनुसार उनको कन्न्सलटेन्सीबाट करिब डेढसयको हाराहारीमा विद्यार्थीहरु पठाईएको थियो । अहिले टण्डन अष्ट्रेलियामै लुकेका छन् । स्रोतले दिएको जानकारी अनुसार टण्डन अष्ट्रेलिया पुगेको जानकारी पाएपछि नेपाली दुतावासले नियन्त्रणमा लिएर बयान लिने तयारी गरिरहेको छ ।
एआइविटीले सबैभन्दा बढि विद्यार्थी पठाएको भन्दै उनलाई सम्मान गर्ने तयरी गरिरहेको बेला यस्तो समस्या बाहिरिएको हो । यसैले अहिले उनी भौतारिरहेका छन् । आर्थिक सेटिङ मिलाउन नसकेपछि उनी अहिले भौतारिएर हिँडेका छन् भने कारबाहिको डरले अष्ट्रेलिया स्थीत नेपाली दुतावासमा सम्पर्क गर्न नसकेको स्रोतको दाबि छ ।
प्रतिक्रिया