Logo

टिप्पणी

कांग्रेसले चुनाबमा ठुलो पार्टी बन्ने सपना देख्नु सपना मात्रै हुन्छ: डा. भट्टराई



नेपाल जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई आगामी चुनाबमा ठुलो पार्टी बन्ने सपना देख्नु घरमा आगो लागेको बेला ठुलो खाटमा सुत्ने लालसा गर्नुजस्तै हो भनेर ब्यङ्ग प्रहार गरेका छन् । 

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, “प्रधानमन्त्री र राष्ट्रपति मिलेर देशको संबिधान च्यातेका छन्, कांगेसहरुलाई चुनाबमा गएर ठुलो पार्टी नदेख्न” समेत भनेका छन् । ब्यङ्ग शैलीमा भट्टराईले भने, “घरमा आगो लागेको बेला ठुलो खाटमा सुत्ने लालसा गर्नुजस्तै हो । कांग्रेस ठुलो पार्टी बन्ने त । कांग्रेसले ठुलो पार्टी बन्ने मौका पंचायतकाल र राजा ज्ञानेन्द्रको पालामा पनि थियो तर त्यो कहिले भएन त्यसैले त्यस्तो सपना नदेख्न भनेका छन्” ।

                                Capture.JPG 

                                     (भट्टराईको ट्वीट जस्ताको तस्तै)

सामजिक सञ्जालमा लोकप्रिय मानिने डा. भट्टराईले आजभोली सरकार तथा अन्य नेताहरुको खुलेरै बिरोध गर्दै आएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी माओबादीबाट राजनीतिमा होमिएका उनले पार्टीभित्रको आन्तरिक किचलोले गर्दा पार्टीलाई नै परित्याग गर्दै “नया शक्ति” पार्टी खोलेर अगि बढेका थिए । पछिल्लो समय उनी ‘जसपा’पार्टीको नेतृत्व गरिरहेका छन् । देशभर ‘जसपा’ले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेबी भण्डारी मिलेर देश लुटेको भन्दै बिरोध प्रदशन समेत गरिरहेको छ ।  

 

 

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार १५:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।