Logo

अन्तर्राष्ट्रिय

फेरि बम आक्रमण हुने, यस्तो सूचना आयो



भर्खरै भएको बम आतंकबाट आतंकित हरुलाई फेरी पनि तनाब हुने भएको छ । फेरी बम आक्रमणको तयारी गरिएको छ । भारत र पाकिस्तानबीचको लडाईले आक्रमक रुप लिएको छ ।

पाकिस्तानले भारतमाथि आक्रमण गरेपछि भारतले आज जवाफी आक्रमण गर्दै हजार किलोको बम खसालेको हो । नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएकाले सूचना आएकाले उसका अखडामा आक्रमण गर्नु आवश्यक भएको बताए।

‘आज बिहान भारतीय वायु सेनाका जहाजले बालाकोटमा आक्रमण गरे। यो दुई दशकदेखि पाकिस्तानमा सक्रिय जैस ए मोहम्मदको सबैभन्दा ठूलो तालिम केन्द्रमा बम खसालिएको हो,’ गोखलेले भने, ‘आक्रमणमा जैस ए मोहम्मदका कमाण्डरसहित कैंयौं सदस्य मारिएका छन्। तर यसमा कोही पनि आमनागरिक परेका छैनन् किनकी यो तालिम केन्द्र बाक्लो जंगलबीच थियो।’

उनले पाकिस्तान सरकारको जानकारीबिना जैस ए मोहम्मदले आफ्ना गतिविधि गर्न नसक्ने तर्क गर्दै पाकिस्तानले भारतविरूद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता पालना नगरेकाले यो आक्रमण गर्नु पर्को बताए।

यसअघि भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेका थिए।

भारतीय सञ्चारमाध्यम एसियन न्युज इन्टरनेशनलका अनुसार पाकिस्तानको अधिनमा रहेको कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ भन्दा पर गएर जहाजले बम खसालेको हुन्। अधिकारीहरूले भारतले खसालेको बम पड्किदा त्यहाँ रहेको आतंककारी समूह जैश(ए(मोहम्मदको अखडा ध्वस्त भएको दाबी गरेका छन्।

बम खसालेर भारतीय वायु सेनाका एक दर्जन मिराज २००० जहाज विनाक्षति भारत फर्किएको अधिकारीहरूले जनाएका छन्।

पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको बताएको छ। पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको बताएका छन्। भारतीय बमबाट कुनै मानवीय क्षति नभएको पाकिस्तानको दाबी छ।

गत फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आत्मघाती हमला ४० भारतीय सुरक्षाकर्मी मारिएका थिए। त्यसपछि भारत र पाकिस्तानको सम्बन्ध तिक्तता आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा संलग्नले त्यसको मूल्य चुकाउनु पर्ने बताएका थिए।

जवाफमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची त्यसको जवाफ फर्काउने बताएका छन्। एजेन्सी

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ८ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।