Logo

बिजनेस

प्रभु बैंक र सैनिक कल्याणकारी कोषबीच शैक्षिककर्जा उपलब्ध गराउने सहमति



सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडका विच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिककर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्पबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंक लि. कातर्पबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सैनिक कल्याणकारी कोष र प्रभु बैंक विचआज सम्पन्न सम्झौताबमोजिम नेपाल सैनिकजंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकलदर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञान तथावन विज्ञान संकायमा स्नातकवा सो भन्दामाथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।

यो शैक्षिककर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमाअधिकतम् रु. २५ लाख सम्मको हुनेछ । यो शैक्षिककर्जा सुविधाप्रभु बैंक लि. को बबरमहलस्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधालिन चाहने विद्यार्थिलाई पायक पर्ने बैंकको जुनसुकै शाखाकार्यालयबाट झण्झट रहित तबरले प्राथमिकताका साथ उपलब्ध हुनेछ ।

सैनिक कल्याणकारी कोष र प्रभु बैंक विच सम्पन्न शैक्षिककर्जा सम्बन्धी सम्झौताले बहालवाला तथा अवकास प्राप्त नेपाल सैनिकका क्षमतावान एवं जेहेन्दार सन्ततीहरुलाई विभिन्न प्राविधिक विषयहरुमा उच्च शिक्षाहासिल गर्नका लागि आर्थिक सहयोग हुनेछ ।

यस सम्झौतबाट सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ पूर्ण रुपमा कार्यान्वयनमा आई आप्नाहिताधिकारी तथा बहालवाला एवं अवकासप्राप्त सैनिकका सन्ततीहरुलाई उच्चशिक्षा हासिल गराई सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्याउने एवं मुलुकलाई आवश्यक पर्ने दक्षएवं प्राविधिक जनशक्ति उत्पादनमा योगदान पुराउने सैनिक कल्याणकारी कोषको योजना सफलीभूत हुने भएको छ ।

सम्बन्धितविद्यार्थीहरुको उच्च शिक्षाहासिल गर्ने अभिलाषा पूरा हुने बैंकले विश्वास लिएको छ । नेपाल सैनिकका जेहेन्दार एवं क्षमतावान सन्ततीहरुको प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्ने चाहानालाई आर्थिक रुपमा सहजबनाउने कार्यमा योगदानगर्न पाएको तथा नेपाल सैनिकजंगी अड्डा जस्तो गरिमामय संस्थासँग समन्वयगर्दै कार्य गर्न पाएकोमा प्रभु बैंक आफुलाई गौरवान्वितमहशुस गरेको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ९ : ४५ बजे