Logo

अन्तर्राष्ट्रिय

बालाकोटमा बम आक्रमण, पुर्ण विवरण आउन बाँकि



बालाकोटमा बम आक्रमण भएको छ । आक्रमणबाट बालाकोट ध्वस्त भएको बताईएकपनि पुर्ण विवरण भने आउन सकेको छैन् । पछिल्लो सयम श्रंखलाबद्ध रुपमा भैरहेको बम आक्रमणबाट त्यस क्षेत्रका स्थाई बासिन्दा श्रसित बनेका छन् ।

केहि दिन पहिले पाकिस्तानी आतंकबादि समुहले भारतमा आक्रमण गरेपछि यसको प्रत्तिउत्तरमा भारतले मंगलबार बिहाना बालाकोटमा आक्रमण गरेको हो । भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट स्थीत चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा हजार किलो बम खसालेर ध्वस्त बनाएको दाबी गरेको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन् ।

भारतीय विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर वायु सेना प्रयोग गरेका आक्रमण गरेको पुष्टि गरे । उनले बालाकोट भन्ने स्थान पाकिस्तान शासित काश्मिरमा रहेको वा भारतीय भुभागमै पर्ने बारे कुनै टिप्पणी भने गरेनन् ।

उनले भारतीय सुरक्षा संयन्त्रले जैशे(मोहम्मदका आतंकवादीहरुले पुनः आक्रमण गर्ने सूचना पाएपछि त्यसलाई निस्तेज बनाउन आक्रमण गर्नु परेको दाबी गरेका थिए । सचिव गोखलेका अनुसार हवाई हमलाबाट जैशे मोहम्मदका थुप्रै आतंकवादीहरुसहित कमाण्डरको पनि मृत्यु भएको दाबी गरेका थिए ।

उता पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनेरल असिफ गफुरले ट्वीट गर्दै भारतीय लडाकू विमानले पाकिस्तानी सीमामा अवैध घुसपैठ गरेको र पाकिस्तानी वायु सेनाले जवाफी कारवाही गरेसँगै बालाकोटमा बम खसालेर भागेको बताएका छन्। उनको अनुसार खसालिएको बमबाट कुनै जनधनको नोक्सानी भएको छैन।-एजेन्सी

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ११ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।