भारत र पाकिस्तानबीच युद्ध चर्किरहेको बेलामा पाकिस्तानमा बम हमला गर्न गएको भारतिय विमान कश्मिरमा दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार वायुसेनाको मिग २१ काश्मिरको कलान गाउँमा दुर्घटना भएको हो । भारतीय वायू सेनाको एक लडाकु बिमानले पाकिस्तानी क्षेत्रमा पसेर बम विष्फोट गराएको भोलिपल्ट यो घटना भएको हो । पछिल्ला २० दिनमा भारतमा ५ वटा बिमान दुर्घटना भएका छन् ।
दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु भएको आशंका गरिएको छ । मिग २१ ले श्रीनगर बिमानस्थलबाट उडान भरेको थियो । उडान लगत्तै ठूलो आवाजसहित बिमान पड्कियो र खेतमा खस्यो । दुर्घटनाग्रस्त विमान पूर्णरुपमा ध्व्स्त भएको छ । अहिले श्रीनगर बिमानस्थलबाट उडान र अवतरण बन्द गरिएको छ ।
प्रतिक्रिया