Logo

विविध

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु



सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-२ जब्दिमा को.२ त ६६४० नम्बरको ट्याक्टरमा सुनसरी भरोल सिँचाई आयोजनाको जमिनबाट माटो खनि लोड गर्ने क्रममा माटोको ढिस्को झरी सोही ट्याक्टरमा काम गर्ने सुनसरी बराहक्षेत्र नगरपालिका-३ बस्ने १९ वर्षीय आशिस सदाको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार १६:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।