संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परेको छ। मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकोप्टर बुधबार दिउँसा दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले पुष्टि गरेका छन्।
नागरिकताको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा सचिव राईले मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको जानकारी दिएका हुन्। ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर उडेको मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको हो।
यसैबीच, ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाजसहित आगो बलेको सूचना आएको बताए। सूचना पाउना साथ स्थानीयबासी र प्रहरीको टोली त्यसतर्फ लागेको एसपी थापाले बताए।
प्रतिक्रिया