Logo

प्रमुख समाचार

दुर्घटनास्थलतिर पुग्न ३० मिनेट लाग्ने, प्रहरी टोली जादै



पर्यटन मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको स्थानका लागि प्रहरी ताप्लेजुङबाट परिचालित भएको छ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विनोद परियारले दिएको जानकारी अनुसार घटनास्थल पुग्न प्रहरीलाई करिब ३० मिनेट लाग्छ।

यात्रुहरुको अवस्था के छ अहिलेसम्म खुलेको छैन।

पर्यटन मन्त्री रवीन्द्र अधिकारी उडेको एयर डाइनेस्टीको विमान दुर्घटना भएको छ। मन्त्रीसँगै अन्य ५ जना पनि हेलिकप्टरमा थिए।

ताप्लेजुङको पाथिभरा मन्दिर नजिकै दुर्घटना भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्।

हेलिकप्टरमा युवराज दाहाल पनि थिए। उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्। उनी उपसचिव हुन्। त्यस्तै नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख  ध्रुवदाश बजिमय, अर्जुन घिमिरे पनि छन्। घिमिरे पनि प्रधानमन्त्री कार्यालयमा कार्यरत रहेको बताइएको छ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ९ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।