Logo

प्रमुख समाचार

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाकै निधन (नामावलीसहित)



ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ।

फुङ्लिङ नगरपालिका–१० फुरुङ्गे सिस्नेखोला नजिकैको तारेढुंगा भिरमा भएको दुर्घटनामा हेलिकोप्टर सवार मन्त्री अधिकारीसहित ७ जनाकै मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।

दुर्घटनामा मन्त्री अधिकारी, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी, पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ र प्राधिकरणकै ध्रुव भोचिभैयाको मृत्यु भएको हो।

गृहसचिव प्रेमकुमार राईका अनुसार मन्त्री अधिकारीसहित टोली पाथिभरा मन्दिर दर्शन गरेर फर्किदै गर्दा दुर्घटना भएको हो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको थियो।

दुर्घटनामा ज्यान गुमाउनेहरु 

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ९ : ४४ बजे