धनुषाको जनकपुर उपमहानगरपालिका-२ शिवचोकमा रहेको सोही उपमहानगरपालिका-४ बस्ने हरिकान्त मिश्रको मिथिला डिपार्टमेन्ट स्टोरमा बिहीबार बिहान आगलागी हुँदा कस्मेटिक, ईलेक्ट्रोनिक, किराना सामान र तयारी कपडा समेत जलेर करिब २ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीको संयुक्त टोलीले दमकल र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।




















प्रतिक्रिया