Logo

प्रमुख समाचार

कन्सटेन्सीहरुको संयुक्त प्रेस सम्मेलन सम्पन्न, पत्रकारका प्रश्नमा झारो टार्ने काम



अष्ट्रेलियाको एआईबीटी कलेजमा पढ्ने विद्यार्थीहरुको समस्या समाधानका लागि जानकारी दिन कन्सलटेन्सीहरुले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुका प्रश्नहरुलाई झारो टार्ने काम मात्र गरिएकाे छ । पत्रकार सम्मेलनमा उनीहरुले विद्यार्थीहरुको समस्या समाधानमा आफुहरु लागेको बताए ।

तर विद्यार्थी संख्या कति हो भन्ने समेत उनीहरुलाई जानकारी छैन् । पत्रकारले कतिजना विद्यार्थी अष्ट्रेलियामा अध्यायनरत छन् भनि गरेको प्रश्नमा आफुहरुसंग त्यो डाटा नभएको खुलाए । उनीहरुले विद्यार्थी उद्दारको काम थालनी गरिसक्दा पनि कस्का विद्यार्थी संख्या कति छ ? भन्ने एकिन जानकारी गर्न सकेका छैनन् ।

पत्रकारहरुले प्राय सबैले विद्यार्थीको संख्या र अन्य कलेजको अवस्था के रहेको छ भनि जान्न चाहेका थिए । तर, प्रतिउत्तरमा कन्सलटेन्सी सञ्चालकहरुले आफुहरु माझ यसको डाटा नरहेको बताएका छन् । यसले स्पष्ट पार्छ कि उनीहरुले विद्यार्थीहरुका समस्याबारे कस्तो काम गरिरहेका छन् । तर, उनीहरुले तत्काल विद्यार्थीहरुको समस्या समाधान गर्ने जनाएर टारे पनि ।

यस्तै अबबाट आफुहरुले विद्यार्थीलाई नठग्ने कसम खान पत्रकारले गरेको आग्रहलाई बरु अर्कै भाषामा तोडमोड गरियाे । तर यसकाे स्पष्ट उत्तर भने आएन । ईक्यान, फेकन, आईरिन र नायरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा ६ पृष्ठ लामो प्रेस विज्ञाप्ति निकालिएको छ । तर, यसमा समेत उहि कुरा दोहोर्याईएको छ ।

अधिकांंस पत्रकारहरुले गरेका प्रश्नहरुको उत्तर नदिईकन उल्टै पत्रकारहरुलाई टार्दै गए । उनीहरुको यस्तो प्रवृत्तिले विद्यार्थीहरुको समस्या समाधान गर्नुको साटो उल्टै अल्झिने सम्भावना प्रवल देखिन्छ ।

संयुक्त रुपमा ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डे, फेकनका अध्यक्ष युवराज कटुवाल, आईरिनका अध्यक्ष कुमार कार्की र नायरका कोषाध्यक्ष मनोज पराजुली लगायतका शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने दातृ निकायहरुका प्रमुख ब्यक्तिहरुद्वारा हस्ताक्षरित उक्त प्रतिबेदनमा खोजेर हेर्दा पनि कुनै कुरा भेटिदैन । यसले कन्सलटेन्सीहरुले विद्यार्थीको भविष्य माथि चिन्तित नहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ११ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।