Logo

समाचार

काठमाडौं ल्याईयो मन्त्री अधिकारीसहित सातैजनाको शव



पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित बुधबार हेलिकप्टर दुर्घटठनामा परि ज्यान गुमाएका सातै जनाको शव काठमाडौं ल्याईएको छ । उनीहरुको शव विहिबार अर्थात अहिले साँढे एक बजेको समस्यमा काठमाडौं ल्याईएको हो ।

ताप्लेजुङको सिस्नेभरिमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौँ ल्याइएको छ ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट शव लिएर आएको नेपाली सेनाको हेलिकप्टर त्रिभूवन विमानस्थलमा अवतरण भएको छ । अब शव त्रिवि शिक्षण अस्पताल लगिने छ ।

बुधबार सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएका मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका नै नेपाली सेनासहितको उद्धार टोलीले सुकेटार विमानस्थल ल्याएको थियो । बाँकी तीनजनाको शव बिहीबार बिहान विमानस्थल ल्याएपछि केही घण्टा मौसम खराब भएका कारण हेलिकप्टर उड्न सकेको थिए ।

सिस्नेभीरमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ८ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।