Logo

समाचार

यि हुन् नेकपाको संरक्षणमा अष्ट्रेलियामा नेपाली बिचल्ली पार्ने ईक्यानका अध्यक्ष पाण्डे



अष्ट्रेलियामा विद्यार्थिलाई विचल्ली पार्नुमा सबैभन्दा ठुलो हात शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेको रहेको छ । उनले पार्टि र पावरको प्रयोग गरेर विद्यार्थी विचल्लीमा पर्दा समेत चुईक्क बोलेका छैनन् ।

उनी आफुले केहि गरेको छैन भने झै मौन अवस्थामा रहेका छन् । अष्ट्रेलियामा अलपत्र परेका १२ सय जनाको उद्धारका लागि लाग्नु पर्नेमा उनी काठमाडौंमा विन्दास भएर बसेको अवस्था छ ।

विद्यार्थी विचल्ली पार्ने एआईबीटी कलेजका एजेण्ट समेत रहेको रोयल कन्सल्टेन्सी मालिक पनि उनी आफै हुन् । नेपाली बिद्यार्थीहरुलाई उक्त कलेजमा पठाउन उनकै कन्सलटेन्सीबाट अनुमति लिनु पर्ने हुन्छ । यसैले अन्य कन्सलटेन्सीहरु भन्दा मुख्य जिम्मेवार रहेको रोयलले विद्यार्थीहरुको भविष्य माथि खेलवाड गरेको छ ।

सुनौलो भविष्यको खोजीमा बैदेशिक रोजगारीमा गएका नेपाली विद्यार्थीहरुलाई अध्यक्ष पाण्डेले पार्टि संरक्षणमा रहेर बढावा दिईरहेका छन् । उनले विभिन्न बाहाना बनाएर टार्दै आएका भएपनि अब विद्यार्थीका समस्या समाधान नगरी उनी भाग्न नपााउने अन्य कन्सल्टेन्सीका सञ्चालकहरु बताउँछन् । नाम नबताउने सर्तमा एक कन्सल्टेन्सी सञ्चालकले भने ‘उनको एकाधिकार जस्तै रहेको एआइबिटी कलेजमा पढ्न गएका विद्यार्थीहरुको सम्पुर्ण जिम्मेवारी पाण्डेले नै लिनुपर्छ । हामीले उक्त कलेजमा विद्यार्थी पठाउने हो भने उनकै कन्सल्टेन्सीमा जानु पर्छ , सिधै काम गर्नै पाईदैन । ’

एआईबीटीमा विद्यार्थी पठाउन पाण्डेकै कन्सल्टेन्सीले अन्य कन्सल्टेन्सीसँग समन्वय गरेको पाइन्छ । स्रोतका अनुसार नेपालमा भएका सबै कन्सल्टेन्सीहरुले संकलन गर्ने विद्यार्थीको डकुमेन्ट र रकम पाण्डेलाई नै बुझाउने गरेका थिए । एआइबिटी नक्कली कलेज हो भन्नेबारे पाण्डेलाई पूर्वजानकारी रहेको स्रोतको दावी छ ।

इक्यानले यसअघि जारी गरेको वक्तव्यमा सम्बन्धनको विषय अष्ट्रेलिया सरकारको आन्तरिक समस्या भएको दावी गरिएको थियो । जानकारहरुले इक्यानको दावी गलत रहेको र पाण्डेलाई जोगाउने उद्देश्यले जारी भएको दावी गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ८ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।