नेपाल कम्युनिष्ट पार्टि (नेकपा)ले तत्कालिन केन्द्रीय सदस्य रवीन्द्र अधिकारीको सम्झनामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहीस्थित मुख्यलायमा पार्टीको झण्डा आधा झुकाइएको छ । साथै नेकपाले उनको सम्झनामा तिन दिन शोक मनाउने निर्णय समेत गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका अधिकारीसहित सातजनाको ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सिस्नेभिरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गएको शोकमा झण्डा झुकाइएको हो ।
नेकपाले आफ्नो मुख्यालयमा दुर्घटनामा ज्यान गुमाएका सातैजनाको तस्बिर राखेर शोक व्यक्त गरेको छ । बिहीबारै बसेको नेकपा सचिवालय बैठकले आज फागुन १६ गते देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको थियो । त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
शिक्षण अस्पतालमा पोस्मार्टम गरिसकेपछि सातैजनाको शव श्रद्धाञ्जलीका लागि राजधानीको टुँडिखेलमा राख्ने निर्णय पनि नेकपाले गरेको छ ।
प्रतिक्रिया